धनुषा ।
धनुषाबाट अपहरणमा गरेर लगदै गरेको अवस्थामा इन्स्योरेन्समा काम गर्ने एक व्यक्तिलाई सप्उतरी बाट उद्धार गरिएको छ ।
उदयपुर को कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार हो । सो क्रममा अपहरणमा संलग्न रहेको ५ जना पक्राउ गरेको छ ।
मंगलबार दिउँसो मिथिला नगरपालिका ६ बाट थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोज तलासका क्रममा पीडितलाई भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट ५ जना पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए।
थापा सकुशल उद्धार गर्न प्रहरी सफल भएको अवाले बताए । उनका अनुसार थापा इन्स्योरेन्स कम्पनीका कार्यरत रहेको र लेनदेनको विवादकै कारण आरोपी हरूले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अवाले बताए।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइँदै गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी १ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार ६ का शंकर लामा र गोलबगार नपा २ का अरुण कुमार लामा रहेका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण दिइसकेको छैन ।
सभार : रातोपाटी बाट
प्रतिक्रिया