Neelamb
Message text!

गुणस्तरीय वेबसाइट बनाउन सम्पर्क गर्नुहोस् : 9814272487 (whatsapp also)

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

यूवा उद्यमी रूपेश पान्डे ०८४ पर्सा क्षेत्र नं ३ वाट प्रतिनिधी सभा को चुनाव लड्ने

580

 पर्सा ९ पुस 
फेसनको ब्रान्डिङ बजारमा स्थापित युवा व्यवसायी एवम् आरपी ग्रुपका सञ्चालक रुपेश पाण्डेय पछिल्लो समय आफ्‌नो गाउँ ठाउँका दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । पाण्डेले व्यवसायका साथसाथै समाज रुपान्तरणका लागि समेत आफ्‌नो यात्रा अगाडि बढाएका हुन् । हरेक समय गाउँका नागरिकको सुखदुःखमा साथ दिने उनलाई नागरिकहरूले २०८४ को प्रतिनिधि सभा निर्वाचनमा सांसद बन्न सुझाव दिने गरेका छन् । कतिपयले उनलाई सांसदकै रुपमा अहिले नै हेर्न थालिसकेका छन् । बुढापाकाको आर्शिवाद र युवाहरूको साथमा उनी पनि निर्वाचनमार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने सोचमा देखिन्छन् । जे होस्, अहिले पर्सा तीनलाई हेर्ने हो भने पाण्डेयको पक्षमा माहोल तातिँदै गएको देखिन्छ । 
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर तीन मानिकपुर वार्ड नम्बर २ का स्थायी बासिन्दा हुन् उनी । पछिल्लो समय उनी सो क्षेत्रको विकास तथा रुपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेका छन् । 
उनी राजनीतिक दलका नेतृत्वहरूसँग गुनासो गर्छन्, जनताका दुःख देख्छन् र सहयोगका लागि अगाडि बढ्‌छन् । पछिल्लो समय कहाँ बाटोघाटो भत्केबिग्रेको छ भन्नेदेखि खानेपानी नभएको तथा तरकारी बिक्रि नभएको गुनासो समेत उनलाई जनताले गर्ने गरेका छन् । पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपछि हुनुपर्ने जति विकास हुन नसकेको उनी बताउँछन् ।  
पाण्डेयले आफ्‌नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्‌ने, समस्याहरु बुझ्‌ने र समस्या निराकणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् । 
उनले गाउँमा गाउँमा घुम्दै गर्दा, गाउँको समस्या बुझ्‌दै गर्दा अरु जिल्लाको तुलनामा हाम्रो जिल्लामा किन विकास भइरहेको छैन ? भन्ने प्रश्न मनमा आइरहेको सुनाए । 'मेरो बाल्यकाल मलाई अहिले पनि याद छ । त्यतिखेर गाउँमा रक्सी खाने व्यक्ति एक जना मात्रै थिए । २/३ वर्षदेखि हेर्दा अहिले गाउँमा प्रत्येक घरमा रक्सी खाने व्यक्तिहरु छन । रक्सी खाने, घरमा आफ्‌नो श्रीमतीलाई कुट्‌ने, झगडा गर्ने जस्ता विकृति धेरै नै बढेको छ । समाजको यो दुर्दशा कसरी भयो भन्नेबारे समेत मैले हेरें,' उनले भने 
अर्को समस्या भनेको किसानले उत्पादन गरेका कृषिवालीको बजारीकरण छैन । बाटोघाटोको व्यवस्था राम्रो छैन । शिक्षा, स्वास्थ्यको अवस्था राम्रो छैन । कृषिमा आवश्यक पर्ने मल किसानले समयमा पाउदैनन् । किसानलाई कृषिकर्जामा सहजीकरण छैन । यी समस्याहरु हटाउनका लागि अध्ययन गरिरहेको उनले बताए । पर्सा जिल्ला क्षेत्र नं. ३ का समस्याहरुलाई कसरी हुन्छ यसलाई निर्मुल गर्ने लक्ष्य राखेर अगाडि बढिरहेको उनी बताउँछन् । 
सो निर्वाचन क्षेत्रमा अहिले प्रत्येक घरका मान्छेले आफ्‌नो बच्चालाई बोर्डिङ स्कुलमा पढाउने अवस्था छैन । आफ्‌नो गाउँमा बच्चाहरुलाई स्कुल पठाउदा नुहाइधुवाइ गरेर, नङ, कपाल काटिदिएर सफा बनाएर बच्चालाई स्कुल पठाउनुपर्यो । यसको लागि त्यो किसीमको शिक्षा दिनुपर्नेमा त्यसतर्फ कसैले चासो नदिएको उनी बताउँछन् । 
शिक्षा भनेको पहिलो चिज हो । शिक्षा भएपछि अरु कुराहरु हुँदैजान्छ । हाम्रो प्रत्येक गाउँमा स्कुल छ । स्कुलका शिक्षकहरुले राम्रोसँग अध्ययन, अध्यापन गराइरहेका छन कि छैनन् । स्वास्थ्य चौकीले राम्रोसँग स्वास्थ्य सेवा दिइरहेका छन कि छैनन् । स्थानिय सरकार, जनप्रतिनिधीहरुले राम्रोसँग सहजीकरण गरिदिएका छन कि छैनन, त्यसलाई चाहिने सुविधाहरुको व्यवस्था गरिरहेको छ कि छैन ? यी सब समस्याहरुलाई नियालिरहेका उनी भन्छन्, 'मैले आफ्‌नो जिन्दगीमा पैसा कमाउन ठुलो कुरा हैन, मान्छेलाई पहिला सन्तुष्टि कमाउनु पर्यो, उनले थपे,'मान्छेको आशा र भरोसा यदि म प्रति छ भने मैले ती आशा र भरोसालाई पुरा गर्न सक्छु भने म एउटा समाजको अगुवा भएर बाटो देखाउने म अगाडि बढ्‌छु । यदि म मान्छेको इच्छा पुरा गर्न सक्दैन भने मैले ठाँउ ओगेटेर बसेर मात्रै हुँदैन ।'
मधेश प्रदेशमा ८ वटा जिल्लाहरु छन । ८ वटा जिल्लामा उनको निर्वाचन क्षेत्र ३ हो । यस क्षेत्रको क्षेत्रफल २३२ वर्गमिटर छ । मतदाता ९० हजार ४ सय ३२ छन् । यहाँ ७ वटा स्थानीय तह छन् भने ३५ वटा वडा छन् । २ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् । यी ३५ वटा वडामा केके जरुरी छ, के चिज काम चाहिन्छ, भिजन बनाएर आर्थिक दृष्टिकोणले कसरी सफल बनाउन सकिन्छ, सामाजिक दृष्टिकोणबाट कसरी सफल बनाउन सकिन्छ, आर्थिक दृष्टिकोणले कसरी सफल बनाउन सकिन्छ, सबै कोणबाट कसरी सफल बनाउन सकिन्छ भन्नेबारे अहिले अध्ययन गरिरहेको पाण्डेय बताउँछन् । 
मधेश प्रदेशको यो क्षेत्रलाई हराभरा बनाउन बाटोको छेउमा रुखहरु लगाउने, स्वास्थ्य, शिक्षालाई गुणस्तरीय बनाउने उनको लक्ष्य छ । 'पर्सा जिल्लाको क्षेत्र नं. ३ लाई नमुना क्षेत्र होस्, ताकि देशका अरु मान्छेले, अरु क्षेत्रले हाम्रो क्षेत्रलाई नक्कल गरोस् । हाम्रो क्षेत्र उदाहरणिय बनोस्,' उनले भने । यसरी काम गर्नका लागि यहाँको नेतृत्व कुनै पार्टी विशेष नभई समाज विशेष हुनसक्नुपर्नेमा उनले जोड दिए ।  
उनले आफ्‌नो निर्वाचन क्षेत्रको विकासमा मुख्य गरी कृषिलाई प्रवर्धन गर्नुपर्ने आवश्यकता देखेका छन् । कसैले तरकारी खेती गर्दछ भने वडाले गाउँपालिकाले प्रदेशले केन्द्रले सहयोग गर्न सक्नुपर्छ । गाउँ गाउँको कृषि बालीलाई सहजीकरण तथा बजारीकरण गर्ने गर्न सक्नुपर्छ । साथै यस क्षेत्रमा कोल्ड स्टोर चिस्यान गृहको व्यवस्थापन गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सबै सहको सहयोग लिने र काम गर्ने गर्नुपर्छ । चिस्यान केन्द्र भएमा कुनै पनि तरकारी फलफुल वा कृषि बालीहरू बिग्रिँदैन र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । त्यसमा नागरिकले वा किसानले पैसा तिरेर होल्ड गर्छन् । 'यी कुराहरूलाई योजनाबद्ध रूपले पूरा वा कार्यान्वयन गर्न सकिएमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मुलुककै नमुना निर्वाचन क्षेत्र बन्नेमा कुनै दुविधा छैन, उनले भने । 

संभार ः माइ न्युज नेपाल डटकमयूवा  



प्रतिक्रिया


#Ad

#Ad

#ad

#ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

#Ad

jagarnathpur ad

jagarnathpur ad

reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

ad

ad

Ad

Ad

#AD

#AD

Ad

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: यूवा उद्यमी रूपेश पान्डे ०८४ पर्सा क्षेत्र नं ३ वाट प्रतिनिधी सभा को चुनाव लड्ने
यूवा उद्यमी रूपेश पान्डे ०८४ पर्सा क्षेत्र नं ३ वाट प्रतिनिधी सभा को चुनाव लड्ने
https://blogger.googleusercontent.com/img/a/AVvXsEhrPEeJoa4PX9sra_NUVSsmpDeb9HTswrOG2B_jMBx8Xib7wZ4DWLpHtpesPtL5aSfXzS5toaSlXYiBObHEJDgkC3ZAt8-77a-ByXDlB4o3HF8kFR7Nf4cBIo3izUnTNyD44sM98btjObh7OK0a02sur05OmuYSXSK7KUqMNufkdbLZ3s3x9p1dOyM_Rp3q=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhrPEeJoa4PX9sra_NUVSsmpDeb9HTswrOG2B_jMBx8Xib7wZ4DWLpHtpesPtL5aSfXzS5toaSlXYiBObHEJDgkC3ZAt8-77a-ByXDlB4o3HF8kFR7Nf4cBIo3izUnTNyD44sM98btjObh7OK0a02sur05OmuYSXSK7KUqMNufkdbLZ3s3x9p1dOyM_Rp3q=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2024/12/blog-post_99.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2024/12/blog-post_99.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content